राजनीति
निजी खर्चमा भ्रमण गरेको मुख्यमन्त्रीको स्पष्टोत्ती
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा आफू निजी खर्चमा उपचारका लागि बंैकक गएको जनाइएको छ ।
५५ स्थानीय तहले अझै बजेट पेश गरेनन
५५ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ । असार १० गते भित्र बजेट ल्याईसक्नु पर्ने कानुनी व्यवस्था भएपनि आवश्यक समन्वयको अभावमा अझै ५५ वटा स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको छ ।
नेपाली काग्रेसले आर्थिक नीति निर्माणमा जोड दिदै
नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीलाई तीव्र रुप दिएको छ । कांग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि बुधबार अर्थबिद्हरुसँग छलफल समेत गरेको छ ।
पशुपतिशमशेर राणाले लगाए कमल थापामाथि गम्भीर आरोप
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन । मंगलबार रिपोर्टस क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि चार–पाँच दिनको समय माग्दा थापाले नमानेको बताए ।
नेकपाको सांगठनिक एकता प्रक्रिया अन्योलमा, स्थायी कमिटी बैठक अनिश्चित
पार्टी एकीकरण भएको ६ महिना बितिसक्दा पनि सांगठनिक एकता प्रक्रिया टुंगो नलाग्दा पार्टी अर्को विवाद सुरु भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिति बैठक आह्वान नगर्दा शीर्ष नेताहरु नै सार्वजनिकरुपमा असन्तुष्टि पोख्न थालेका छन ।
विधान संशोधन प्रक्रियाले कांग्रेसमा भाँडभैलो, मण्डिखाटार बैठकले आगोमा घ्यू
नेपाली काग्रेसले विधान संशोधनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । संघीय ढाँचाको नयाँ विधान केन्द्रीय समितिले अनुमोदन गरेपछि आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा बस्ने महासमिति बैठकमा विधान प्रस्ताव गरिने छ ।
नेपाली काग्रेसले गर्यो आर्थिक नीतिका लागि सुझाब संकलन
नेपाली कांग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले प्रदेश नम्बर ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव संकलन गरेको छ ।
प्रधानमन्त्रीको खिल्ली उडाए उपप्रधानमन्त्री उपेन्द्र यादवले
उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् । भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका बेला उपप्रधानमन्त्रीले नै यस्तो बताएका हुन् ।
कम्युनिस्ट सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल : माधवकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन् ।
संघीयताबारे पुनर्विचार गरौँ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताबारे पुनर्बिचार गर्न माग गरेका छन् । सुनसरीको इटहरीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीयताबारे पुनर्बिचार गर्न माग गरेका हुन् ।








