राजनीति
प्रतिवद्धता अनुसारका काम ५ वर्ष भित्र पूरा हुन्छ : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रैसँग कामलाई अघि बढाएको बताएका छन् । अध्यक्ष प्रचण्डले पाँच वर्ष भित्र सरकारले पार्टीको घोषणा पत्रमा उल्लेख गरिएको प्रतिवद्धता पूरा गर्ने विश्वास व्यक्त गरे ।
सरकारप्रति झलनाथ खनाल रुष्ट, यस्तो आयो तर्क
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्ध भएको बताएका छन् । नेता खनालले नीतिगत कमजोरी पन्छाउँदै लगानीमैत्री वातावरण तयार पार्न ढिला भइसकेको बताए ।
ओली अस्पताल बसेर बालुवाटार फर्किएसँगैे काममा व्यस्त, पार्टीका सबै नेता नभेट्ने
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् । सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।
सरकारले दुइतिहाई बहुमतको दुरुपयोग गरेको छैन :परराष्ट्रमन्त्री ज्ञवाली
शनिबार नेकपा काठमाडौं क्षेत्र नंवर १ ले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले दुइतिहाई बहुमतको दुरुपयोग नगरेको भन्दै कुनै दम्भ पनि नरहेको स्पष्ट पारे । उनले अहिले सरकारको एकमात्र लक्ष्य मुलुकको बिकास र समृद्धि मात्र भएको धारणा राखे । वर्तमान सरकार गठन भएको आठ महिनामा सरकारले बिकास र समृद्धिको जग बसाल्ने काम गरेको उनले बताए ।
देउवाको अडान : पार्टीलाई पहिलो नम्बर बनाएर मात्रै विश्राम लिन्छु
नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले काग्रेसलाई पहिलो नंवरको पार्टी बनाएर मात्र बिश्राम लिने स्पष्ट पारेका छन् ।
सरकार विरुद्ध सडक संघर्ष गर्छौं : डा.भट्टराई
सरकारविरुद्ध पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आन्दोलन गर्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले बुधबार काठमाडौंमा पार्टीद्वारा आयोजित भेलामा सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएको हो । तर आन्दोलन कहिले र कसरी गर्ने भन्नेबारे भने केही खुलाएको छैन । पूर्वप्रधानमन्त्री भट्टराई सरकारको विभिन्न निर्णय र कार्यशैलीप्रति लामोसमय मौन रहेको थियो । तर पछिल्लो पटक अर्थात् अमेरिका गएर फर्केपछि भने नेपाल कम्युनिष्ट पार्टी र सरकारप्रति आलोचक रुपमा प्रस्तुत हुन थालेको छ ।
चित्रबहादुर केसीले गर्ने भए संविधान संशोधन प्रस्ताव
राष्ट्रिय जनमोर्चाले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दैे संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका हुन् ।
कांग्रेस महासमिति बैठकमा आवास सुविधा नदिए पनि लन्चको व्यवस्था हुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसीर ५ गतेदेखि काठमाडौंमा सुरू हुने महासमिति बैठकमा भाग लिन आउने सदस्यलाई आवासको सुविधा नदिने भएको छ। चिया, नास्ता र लन्चको व्यवस्था गरे पनि कांग्रेसले महासमिति सदस्यलाई आवासको सुविधा नदिने भएको हो।
हरेक पार्टीमा नयाँ ओपन ब्रेनको आवश्यकता : चन्द्र भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालका हरेक पार्टीमा नयाँ ओपन ब्रेनको आबश्यकता रहेको बताएका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले परिवार केन्द्रीत राजनीति आवश्यक नरहेको बताएका हुन ।
प्रधानमन्त्री ओलीलाई सुझाव, ‘हातमा डण्डा लिएर हिड्नुहोस्’
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो डण्डा हातमा लिएर अगाडि बढ्न सुझाव दिएका छन् । गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले देश डण्डा बिना नचल्ने भन्दै प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।








