चैत ३,२०८२ / ०३ : ०९ अपरान्ह / 2026-03-17 03:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      रेशम चौधरीलाई जेलभित्रै शपथ

      ७ वर्ष अगाडि

      काठमाडौं: साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ।

      मन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ? (सूचीसहित)

      ८ वर्ष अगाडि

       काठमाडौँ- केपी शर्मा अाेली नेतृत्वकाे मन्त्रिपरिषद् तेस्राेपटक विस्तार भएकाे छ । प्रधानमन्त्री अाेलीले अाज पुनः एमाले र माअाेवादी केन्द्रका मन्त्री थप गरी सरकारकाे अाकार बढाएका छन् । यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएकाे छ ।

      युवा नेता गगन थापाको प्रश्न देउवालाई

      ८ वर्ष अगाडि

      काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीलाई नेतृत्वले सैनिक डफ्फाझैँ प्रयोग गरिरहेको अरोप लगाएका छन्। पार्टीभित्र तेस्रो धारको रूपमा कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको छुट्टै समूहले शुक्रबार बिहान राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरेको भेलामा नेता थापाले नेतृत्वप्रति लक्षित गर्दै भने, ‘जनताको कुरा नसन्ने, पार्टी विधान, पद्धतिलाई कुल्चँदै आफूलाई शक्तिशाली ठान्नेहरूले के पार्टीलाई सैनिक डफ्फा ठानेका हुन्?’

      विवादमा प्रधानन्यायाधीश, राष्ट्रपतिको शपथ कोबाट?

      ८ वर्ष अगाडि

      काठमाडौं :दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको शपथ बुधबार दिउँसो ४ बजेका लागि तय गरिएको छ। राष्ट्रपति कार्यालयले त्यसको सम्पूर्ण तयारी पूरा गर्दै विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई शपथग्रहण समारोहमा सहभागिताका लागि आमन्त्रण गरिसकेको छ।

      विद्या भण्डारी ३९ हजार २ सय ७५ मतमूल्यसहित दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित सपथ भोलि

      ८ वर्ष अगाडि

      काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

      राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

      तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् ।

      सभामुख महराले लिए पद तथा गोपनियताको सपथ

      ८ वर्ष अगाडि

      काठमाडौं सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति निवास शीतल निवासमा दौरा सुरुवालमा सजिएर महराले राष्ट्रपतिबाट सपथ लिएका हुन् ।माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको निर्वाचनमा दाङको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

      आज विश्वासको मत लिने तयारीमा सरकार

      ८ वर्ष अगाडि

       राजपाको समर्थनसहित सरकारको पक्षमा १९४ सांसद –

       काठमाडौं,प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । सरकारले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो ।

      दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ ।

      कसरी चल्छ प्रदेश सरकार ? कहाँबाट जुट्छ स्रोत ?

      ८ वर्ष अगाडि

      मन्त्रीहरु भन्छन्: पैसाले प्रदेशमा समस्या हुँदैन

      काठमाडौं: प्रदेश सरकारले कसरी जुटाउलान् आर्थिक श्रोत ? सातै प्रदेशमा सरकारले काम थालेपछि अहिले आर्थिक मुद्दा प्रमुख भएर आएको छ। प्रदेशका मुख्मन्त्रीदेखि मन्त्रीहरुका कार्यकक्षमा विकास योजना माग्नेको लाइन लागेको छ ।

      जनताबाट उच्च अपेक्षा भएपछि प्रदेश सरकार अहिले दबाबमा छन् । प्रदेश सरकारले काम थालेसँगै बजेट निर्माणलाई पनि अघि बढाएकाले जनताको अपेक्षा कसरी सम्बोधन गर्लान् ? त्यो प्रतिक्षाको विषय भएको छ ।

      राष्ट्रपति उम्मेदवारी मनोनयन

      ८ वर्ष अगाडि

      काठमाडौं : दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन्। नेकपा एमाले र माओवादी केन्द्रको प्रस्ताव र समर्थनमा राष्ट्रपति उम्मेदवार बनेकी भण्डारीको प्रतिस्पर्धीमा नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएकी छन्। बुधबार राष्ट्रपति निर्वाचनको कार्यालय नयाँ बानेश्वर पुगेर भण्डारी र राईले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रपतिको उम्मेदवारी सुरुमा नेपाली कांग्रेसकी उम्मेदवार राईले दर्ता गराइन् भने त्यपछि भण्डारीले उम्मेदवारी दर्ता गराइन्।

      माधव नेपालसँग ‘लिफ्ट’ लिएर संसद् पुगे सिलवाल

      ८ वर्ष अगाडि

      प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् ।

      उनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

          • param d d