राजनीति
कांग्रेसको बैठक किन लम्बिदैछ, यस्तो छ विवादको चुरो
नेपाली काग्रेसको विधान समितिले तयार गरेको संसोधित विधान केन्द्रीय समिति छलफल जारी छ । केन्द्रीय समितिमा प्रस्तुत गरिएको संघीय ढाचाको नयाँ संशोधित विधानका वारेकामा विभिन्न धारणाहरु आएका छन ।
विवादास्पद एसिया प्यासिफिक समिटका कारण नेकपामा भाँडभैलो
विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र भाँडभैलो मच्चिएको छ ।
ओली सरकारको सामाजिक सुरक्षा कार्यक्रम आफ्नो भएको कांग्रेसको दावी
प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सरकारले केही दिनअघि लागू गरेको सामाजिक सुरक्षा कोष आफ्नै नयाँ कार्यक्रम झैं प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता शर्माले सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रक्रिया सुरु हुनु सुखद् र सकारात्मक रहेको भन्दै प्रचारशैली भने अनावश्यक र भड्किलो भएको बताए ।
हाम्रो पार्टी, पशुपतिजीको पार्टी र राप्रपा असन्तुष्ट समूहबीच एक साताभित्र एकता हुन्छ : अध्यक्ष डा. लोहनी
एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् ।
कांग्रेस संघीयता विरोधी अभियानमा लागेको प्रचण्डको आरोप
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटार छोडे, विदेशी पाहुनासंग ३ दिन सोल्टीमा
एसिया प्यासिफिक समिटका लागि आएका विदेशी पाहुनालाई भेट्नका लागि प्रधानमन्त्री केपी ओली तीन दिन वालुवाटार छोड्ने भएका छन् ।
प्रदेश सरकार अझै प्रभावकारी भएन, यस्तो छ किचलो
। मुलुक संघीय राज्य प्रणालीमा गएको लामो समयसम्म पनि सरकारले प्रदेश सरकारका लागि चाहिने आश्यक कानुन बनाउन सकेको छैन । आवश्यक कानुनको अभावमा प्रदेश सरकारहरु ससक्त रुपमा चल्न सकेका छैनन् । प्रदेश सरकार आवश्यक कानुनको अभावमा ससक्त रुपमा अगाडी बढन सकेका छैनन् ।
सचिवालय बैठकका एजेण्डा तय गर्न ओली र प्रचण्ड भेट्दै
सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आज अपरान्ह बस्ने सचिवालय बैठकको एजेण्डा तय गर्न उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीनिकट एक नेताले जानकारी दिए ।
नेविसंघले महाधिवेशन मिति तोक्यो, होला त सम्भव ?
पाल विद्यार्थी संघ (नेविसंघ)ले पुसको अन्तिम साता १२ औं केन्द्रीय महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले पुषको २८ , २९ र ३० गते केन्द्रिय महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको हो ।
सरकारले हिउँदे अधिवेशन चाँडै बोलाउने तयारी : भानुभक्त ढकाल
सरकारले हिउँदे अधिवेशन चाँडै बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन चाँडै बोलाउन लागिएको जानकारी दिएका हुन् । संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भइरहेको पनि स्पष्ट पारे ।








