काठमाण्डौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताबारे पुनर्बिचार गर्न माग गरेका छन् ।
सुनसरीको इटहरीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीयताबारे पुनर्बिचार गर्न माग गरेका हुन्् । आठ महिनाको सरकारकोे कार्यसमीक्षा गर्दा पूर्ण रुपमा असफल भएको उनले बताए ।
थापाले विचार मिल्ने पार्टीहरुसँग एकताको पहल भैरहेको भन्दै हिन्दूराष्ट्र र रासंस्था स्थापनाका बारेमा पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।
अध्यक्ष थापाले आफनो पार्टीभित्र भएको गुटवन्दी र अनुसासनहीता अन्त्य गरेर अघि बढने दृढता व्यक्त गरे । धर्म परिवर्तनले सामाजिक सद्भाव र एकता खलवलाउने प्रयास भइरहेको र यसले जनताले परिवर्तनको अनुभूति समेत गर्न नपाएको उनको आरोप छ ।








