राजनीति
स्थानीय तहमा नेकपाको संयन्त्र गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र कास्कीको बैठकले जिल्लाका पाँचवटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थानीय कमिटीहरु एकीकृत हुन बाँकी भएको अवस्थामा पार्टी कामलाई सञ्चालन गर्न संयन्त्र गठन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्दै छ । आइतबारका लागि तय भएको बैठक प्रधानमन्त्री केपी आलीको कार्य ब्यस्तताका कारण आजका लागि सारिएको हो । बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
नेविसंघको नेता बन्न ३२ वर्ष कटेपछि नपाइने प्रस्ताव
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदको प्रस्ताव गरिएको छ । पार्टी कार्यालय सानेपामा आईतबार बसेको बैठकमा नेविसंघ निर्देशक समितिका संयोजक समेत रहेका प्रकाशशरण महतले ३२ वर्षको उमेरहद कायम हुनेगरी प्रस्ताव गरेका हुन् । कांग्रेस बैठकले उक्त प्रस्ताव अनुमोदन गरेमा नेविसंघमा अब ३२ वर्षभन्दा मूनिका मात्रै सदस्य रहने व्यवस्था हुनेछ । यसअघि उमेरहदका बिषयमा विवाद भएपछि निर्देशक समितिले प्रस्ताव तयार पारेको थिएन ।
आजको मन्त्रीपरिषद निर्णय यस्ता छन्
आइतबार बसेको मन्त्री परिषदले कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखि राणनीति तयार गरिनेका साथै बिश्व बैंकको अन्तराष्ट्रिय बिकास संस्थाबाट उर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागी ऋण स्विकारको अख्तियार दिने निर्णय गरेको छ । सरकारले उखुकिसान र चिनी उद्योगबिच देखिएको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्नका लागी रणनीति तयार गर्ने भएको छ ।
विकासका नाममा भ्रष्टाचार मौलायो : काग्रेस सभापति देउवा
नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले विकासका नाममा भ्रष्टाचार मौलाएको बताएका छन् । नेपाल विद्यार्थी संघ डडेल्धुरा काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विमानस्थलका नाममा रुख काट्न खोज्नु, बिमान खरिदमा अनियमितता हुनुले मुलुकमा बिकासका नाममा भ्रष्टाचार मौलाएको जिकिर गरे ।
पार्टी एकता उल्ट्याउ खोज्नेलाई परास्त गरेरै छोड्ने : नेकपा अध्यक्ष प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन थप मेहनत गर्ने बताएका छन ।
नेविसंघ मात्रै होइन, अनेरास्ववियु र क्रान्तिकारी नै प्रधानमन्त्री ओलीको विरोधमा
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् । अध्यक्ष महरले सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको भन्दै प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि स्थगित,अर्को बैठक सोमबार बस्ने
आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज बैठक आह्वान गरेको थियो ।
नेकपाले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अघि बढायो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा )ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ ।
नेपाली कांग्रेसको विधान मन्थन : के छ सुझाव प्रतिवेदनमा ?
नेपाली कांग्रेसले महासमिति बैठकलाई ध्यानमा राखेर पार्टीको विधान परिमार्जन तथा संशोधन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । विधान मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरी ७ प्रदेशमा १३ वटा प्रदेशस्तरीय भेला आयोजना गरी सुझाव लिइसक्यो ।








