असार २,२०८३ / ०५ : ३१ अपरान्ह / 2026-06-16 05:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कम्युनिस्ट सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल : माधवकुमार नेपाल

      - ७ वर्ष अगाडि
      कार्तिक २२,२०७५

      काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन् ।

      रिपोर्टर्स क्लबले उनको निवासमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेता नेपालले देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताए । ‘वर्तमान सरकारसँग स्पष्ट दृष्टिकोण छ,’ केही समयअघि संसद्को रोष्टमबाटै सरकारको आलोचना गरेका नेता नेपालले भने, ‘सरकारको विकल्प खोज्नु हुँदैन ।’

      कम्युनिस्ट पार्टीको सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल हुने बताउँदै मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकारले प्राथमिकीकरण गरेको र राज्यका निकायलाई गतिशील बनाएर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

        सम्बन्धित समाचारहरु