काठमाण्डौ,नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीलाई तीव्र रुप दिएको छ ।
कांग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि बुधबार अर्थबिद्हरुसँग छलफल समेत गरेको छ । बुधबार काग्रेस पार्टी कार्यालय सानेपामा भएको छलफलमा विज्ञहरु डाक्टर स्वर्णिम वाग्ले, डाक्टर गोविन्द पोखरेल लगाएतसंग आर्थिक नीतिका लागी सुझाव लिईएको थियोे । बैठकमा बिज्ञहरुले मुलुक बिकासको चरणमा रहेको भन्दै मुलुकको प्रमुख पार्टीको पनि परिर्वतित सन्दर्भको आर्थिक नीति हुनुपर्ने सुझाव दिएका थिए ।
बिपी कोईरालाले लिनुपर्ने आर्थिक नीतिमाथि नै विस्तृत रुपमा छलफल भएको काग्रेस नेता अर्जुन जोशीले बताए । कांग्रेसले बिगतमा लिएको आर्थिक नीतिमा भएको कमी कमजोरीलाई पुर्नबिर्चार गर्न पनि छलफलको आयोजना गरिएको हो ।
काग्रेसले आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीका लागी सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन गरेको छ ।








