मोफसल
चितुवामाथि निगरानीकालागि क्यामेरा जडान
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ ।
थपिए २ जना संक्रमित, कूल सख्या ५१ पुग्यो
अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
तोकिएभन्दा दोब्बर समय जेल : ‘दिनगन्तीले क्षतिपूर्ति दिनू’
काठमाडौं : अदालतले तोकेभन्दा साढे पाँच वर्ष बढी जेलमा थुनिएकी धनकुटा बुधबारेकी पदममाया गुरुङले दिनगन्तीको हिसाबले क्षतिपूर्ति पाउने भएकी छन्।
बलात्कारपछि जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जेल सजाय सुनाइएकी गुरुङले चिठीपत्रमा भएको हेलचेक्राइँ र ढिलाइका कारण तोकिएभन्दा दोब्बर समय जेलमा बिताउनुपरेको हो। पीडितले क्षतिपूर्ति रकमका लागि दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आइतबार गुरुङलाई बढी जेल समयको क्षतिपूर्ति भराउन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागका नाममा परमादेश जारी गरेको छ।