असार २,२०८३ / ०५ : ३३ अपरान्ह / 2026-06-16 05:33 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको सांगठनिक एकता प्रक्रिया अन्योलमा, स्थायी कमिटी बैठक अनिश्चित

      - ७ वर्ष अगाडि
      कार्तिक २६,२०७५

      काठमाण्डौ, पार्टी एकीकरण भएको ६ महिना बितिसक्दा पनि सांगठनिक एकता प्रक्रिया टुंगो नलाग्दा पार्टी अर्को विवाद सुरु भएको छ । 

      पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिति बैठक आह्वान नगर्दा शीर्ष नेताहरु नै सार्वजनिकरुपमा असन्तुष्टि पोख्न थालेका छन ।

      नेकपामा ४४१ केन्द्रीय समिति, प्रदेशको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको मात्र टुंगो गलाइएको छ । त्यसबाहेक तल्ला तहका कमिटी र अरु जनसंगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । तल्ला कमिटको अलमलिएको एकतालाई गति दिन स्थायी कमिटिमा छलफल गरिने भनिएपनि बैठकनै बस्न सकेको छैन ।

       तत्कालीन एमाले र नेकपा माओवादी दुबै पार्टीका सांगठनिक एकता प्रक्रिया एकसाथ टुंगो लगाउने गरी प्रदेशस्तरीय कार्यदल गठन भएका थियो । केन्द्रमा महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सदस्य रहेको अर्काे कार्यदल गठन गरिएको छ । प्रदेशस्तरीय कार्यदलले पौडेल र थापा सदस्य रहेको केन्द्रीय कार्यदलमा बुझाएको प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्डले आफ्ना गुटकालाई मात्र समावेश गरेको भन्दै शिर्षष्त नेताहरुलेनै विरोध गर्दै आएका छन् । 

      यसैलै बैठक बोलाउन बिलम्ब गरेको भन्दै नेकपामा असन्तुष्ट आउन थालेको छ । अध्यक्षद्वय ओली र प्रचण्डले एकताको भावनाविपरीत एकलौटी रुपमा सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन स्थायी कमिटि बैठक छलेको भन्दै असन्तुष्टि आएका हुन् । 

      कात्तिक १२ गते बोलाईएको स्थायी कमिटि  बैठक स्थगीत भएपनि अब कहिले बस्छ ? भन्ने अन्यौल  छ  । प्रदेशको सांगठनिक एकता र केन्द्रीय सदस्यहरुको कायविभाजन गर्न पौडेल र थापा सदस्य रहेको कार्यदललाई एक साताको म्याद दिइए पनि विवादकै कारण अझै प्रतिवेदन नबुझाएको नेताहरु बताउँछन् । 

      एकता प्रक्रिया टुंगो लगाउन सचिवालयको बैठक पटक–पटक बसे पनि आन्तरिक समस्या समाधान गर्न नै अध्यक्षद्वयलाई बढी समय लागेको नेताहरुको भनाई  छ । यस विषयमा बरिष्ठ नेता खलालले सार्वजनिक कार्यक्रम माफैतनै असन्तुष्ट जनाएका छन् । अध्यक्षद्वय ओली र प्रचण्डले अरु पक्षलाई पेलेर अगाडि बढ्न खोजेको  संकेत गर्दै उनले छिट्टै स्थायी समिति बैठक बोलाउन माग गरेका छन् । 

      यसअघि स्थायी कमिटि सदस्य  योगेश भट्टराईले पनि बैठक छिट्टै बोलाउन माग गरेका थिए  । पार्टी अध्यक्ष ओली अस्पताल भर्ना भईरहँदा उनले ओलीको स्वास्थ लाभको कामना गर्दै बैठक छिट्टै बोलाउन माग गरेका थिए । जेठ ३ गते पार्टी एकता घोषणा भएयता असार २ र साउन २४ गते दुई पटक स्थायी कमिटी बैठक बसेको थियो । त्यसपछि कात्तिक १२ गतेबाट  आह्वान गरिएको अर्काे बैठक भने स्थगीत भएपछि अझै बस्न सकेको छैन ।

       ४५ सदस्यीय स्थायी कमिटी बैठकका धेरै कार्यसूची छन् ।  सरकारको कामकाज प्रभावकारी हुन नसकेको जनगुनासो बढिरहेका बेला स्थायी कमिटी बैठकमा  त्यसबारे समीक्षा हुने  र नेताहरुले सरकारलाई आवश्यक सुझाव दिनेछन् । २ तिहाई समर्थन सहितको सरकारको कार्यप्रगति सन्तोसजनक नभएको भन्ने गुनासो आईरहदा स्थायी समिति बैठकमा छलफल गर्दै  समाधान खाज्दै सरकारको कामलाई गति दिनु आवश्यक  छ । 

      सात्तारुढ दलविच पार्टी एकता भएपनि तल्ला तहको एकता नहुदा बढेको अन्यौललाई हटाउन र पार्टी जीवनलाई गतिशील बनाउन पनि बैठकहरु समयमै हुनु आवश्यक छ ।

        सम्बन्धित समाचारहरु