असार २,२०८३ / ०५ : ३१ अपरान्ह / 2026-06-16 05:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विधान संशोधन प्रक्रियाले कांग्रेसमा भाँडभैलो, मण्डिखाटार बैठकले आगोमा घ्यू

      - ७ वर्ष अगाडि
      कार्तिक २६,२०७५

      काठमाण्डौ, नेपाली काग्रेसले विधान संशोधनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । संघीय ढाँचाको नयाँ विधान केन्द्रीय समितिले अनुमोदन गरेपछि आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा बस्ने महासमिति बैठकमा विधान प्रस्ताव गरिने छ ।

      विधानमा संशाधेनका लागि बनेको मस्यौदामा समावेश गरिएका विषलाई लिएर कांग्रेसमा असन्तुष्टि बढेको छ ।

      नेपाली काँग्रेसको आगामी १४ औ महाधिवेशनमा पार्टिको नेतृत्व हात पार्न नेताहरु अहिले देखिनै कसरत गरिरहेका छन् । विधान संशोधनका बेला के कस्ता विषय राख्दा आफूलाई फाइदा हुन्छ, सोहीअनुसार गर्न गराउन नेताहरु सक्रिय छन् । संशोधित विधानमा १ सय २५ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव गरिएको छ । सो प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेपनि पदाधिकारीको संरचना भने अहिलेकै जस्तो कायम हुनु पर्ने संस्थापन पक्षको अडान छ । संस्थापन इतर पक्षले भने पदाधिकारीहरु पनि प्रत्यक्ष निवार्चित हुनुपर्ने अडान राखेको छ । 

      यो विषयमा सहमति जुट्न नसक्दा विवाद बढेको हो । संस्थापन पक्षले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पदाधिकारी संख्या बढाएरै नेतृत्व हात लगाउने दाउमा छन् । तर पौडेल र देउवा बाहेकका नेताहरु आफु अनुकुल पदाधिकारी संख्या बढाएर भएपनि आगामी महाधिवेशनमा आफ्नो स्थान सुरक्षीत गर्ने पक्षमा देखिन्छन् । कांग्रेसको विवाद विधान संशोधनमा मात्र सिमित छैन । 

      केन्द्रिय समितिमा हुने निर्णय र सभापतिले प्रयोग गरेको अधिकारमा पनि विवाद हुँदै आएको छ । पछिल्लो समय विजय कुमार गच्छादारलाई सभापति देउवाले उपसभापतिमा मनोनित गरेपछि पनि फरक फरक दृश्टीकोण आएको छ । प्रजातान्त्रिक पार्टीलाई अप्रजातान्त्रिक तरिकाले संचालन गरेको नेताहरुको आरोप छ । 

      नेता चन्द्र भण्डारीले पनि कांग्रेस संचालनमा कमजोरी भएको आरोप लगाउँदै गुट उपगुटका कारण पार्टी कमजोर भएको बताए । 

      विवादका विच निर्माणको अन्तिम चरणमा पुगेको कग्रेसको संशोधित विधानमा समावेसिताको सिद्धान्तलाई सवै तहमा लागु गर्ने योजना बनाएको छ ।  केन्द्रदेखि तल्लो स्तरसम्म समेटेर तयार पारिएको विधान नेताहरुको स्वार्थ मिल्न साथ केन्द्रीय समितिमा प्रस्तुत हुने छ । जसले कांग्रेसको नयाँ रोडम्याप तय गर्ने छ ।

      यसैबीच नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी्भित्र अधिनायवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको छ । मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको निवासमा सोमबार बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवा पार्टी्भित्र अधिनायवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको हो । 

      बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिँह, अर्जुननरसिँह केसी, डा. रामशरण महत र नेतृ कोइराला सहभागी थिए । उनीहरुका बीचमा पार्टीको महासमिति बैठक, नेविसंघ र नेतृत्वले बहुमतका आधारमा गरिरहेको निर्णय लगायतका विषयमा गम्भीर ढंगले छलफल भएको थियो । 

      प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि सभापति देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुँदै आएका नेता प्रकाशमान सिँहले छलफलका क्रममा अन्य नेताहरु संस्थापन पक्षको कार्यशैलीमा रहेको कमी–कमजोरीमा पनि बोल्न नसकेको गुनासो गरेका थिए ।

      यता सभापति शेरबहादुर देउवा भने मण्डिखाटार बैठकप्रति आपत्ति जनाएका छन् । 

        सम्बन्धित समाचारहरु