असार २,२०८३ / ०४ : २९ अपरान्ह / 2026-06-16 04:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विकासका नाममा भ्रष्टाचार मौलायो : काग्रेस सभापति देउवा

      - ७ वर्ष अगाडि
      असोज २०,२०७५

      काठमाडौं, नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले विकासका नाममा भ्रष्टाचार मौलाएको बताएका छन् । 

      नेपाल विद्यार्थी संघ डडेल्धुरा काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विमानस्थलका नाममा रुख काट्न खोज्नु, बिमान खरिदमा अनियमितता हुनुले मुलुकमा बिकासका नाममा भ्रष्टाचार मौलाएको जिकिर गरे ।

       देउवाले रुख काटेर बिमानस्थल निर्माण गर्ने काम वातावरणीय तवरले पनि उपयुक्त नभएको भन्दै रुख काट्ने कार्यलाई रोक्न कार्यकर्तालाई निर्देशन दिए । कम्युनिष्ट सरकारले मुलकमा त्रास सिर्जना गरेको भन्दै अब काग्रेसले बाध्य भएर आन्दोलन गर्ने अवस्था आउन सक्ने उको भनाई थियो ।

       त्यस्तै सभापति देउवाले मुलुकमा देखा परेको अराजकतालाई सामना गर्न काग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।सभापति देउवाले भातृसंगठन कमजोर भए पार्टी नै कमजोर हुने भन्दै नेविसंघलाई मिलेर अघि बढ्न निर्देशन दिएका छन् ।

        सम्बन्धित समाचारहरु