असार २,२०८३ / ०४ : २७ अपरान्ह / 2026-06-16 04:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजको मन्त्रीपरिषद निर्णय यस्ता छन्

      - ७ वर्ष अगाडि
      असोज २१,२०७५

      काठमाण्डौ, आइतबार बसेको मन्त्री परिषदले कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखि राणनीति तयार गरिनेका साथै बिश्व बैंकको अन्तराष्ट्रिय बिकास संस्थाबाट उर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागी ऋण स्विकारको अख्तियार दिने निर्णय गरेको छ । 

      सरकारले उखुकिसान र चिनी उद्योगबिच देखिएको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्नका लागी रणनीति तयार गर्ने भएको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रीपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखि रणनीति तयार गर्नका लागी राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो 

      । कार्यदलमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ, उपभोक्ता हित संरक्षण सम्बन्धी संस्थाका साथै उद्योग, अर्थ र कृषि मन्त्रालयका सहसचिवहरु रहने छन् । त्यस्तै बिश्व बैंकको अन्तराष्ट्रिय बिकास संस्थाबाट उर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागी ऋण स्वरुप ११ अर्व ६३ करोड रुपैया स्वीकार गर्नका लागी अर्थसचिवलाई अख्तियारी प्रदान गरिएको छ । 

      बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका र कोष्टारिका भ्रमणका क्रममा भएका मुख्य गतिविधीका बारेमा जानकारी गराएका थिए ।

        सम्बन्धित समाचारहरु