असार २,२०८३ / ०४ : २८ अपरान्ह / 2026-06-16 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      स्थानीय तहमा नेकपाको संयन्त्र गठन

      - ७ वर्ष अगाडि
      असोज २२,२०७५

      कास्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र कास्कीको बैठकले जिल्लाका पाँचवटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । 

      पार्टीका स्थानीय कमिटीहरु एकीकृत हुन बाँकी भएको अवस्थामा पार्टी कामलाई सञ्चालन गर्न संयन्त्र गठन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । 

      यही असोज २१ गते बसेको बैठकले साबिक नेकपा एमाले र माओवादी केन्द्रबाट बराबर सङ्ख्यामा रहने संयन्त्रमा महानगरमा १०, गाउँपालिकामा ६ र वडामा ६ सदस्य रहने गरी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला पार्टी संयन्त्रका सदस्य मानबहादुर जिसीले जानकारी दिए । 

      महानगर संयन्त्रमा तत्कालीन एमालेबाट कृष्ण थापा, प्रभा कोइराला, तेजनारायण अधिकारी, शङ्करनाथ पौडेल, दिलीप न्यौपाने तथा साबिकको माओवादीबाट विश्वप्रकाश लामिछाने, भीमबहादुर विक, गोमा ढकाल, विनय थापा र जनकराज पराजुली रहेका छन् । 

      महानगर र गाउँपालिकास्तरीय संयन्त्रको बैठक केही दिनभित्रै बसेर वडास्तरमा तोकिएको सङ्ख्याका आधारमा संयन्त्र निर्माण गर्ने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिए । जिल्ला संयन्त्रको बैठकले नेकपाको जिल्ला पार्टी कार्यालय शान्तिवनमा रहेको साबिकको नेकपा एमालेको कार्यालय बनाउने र महानगर सङ्गठन कमिटीको कार्यालय शिवालयचोकमा रहेको साबिकको माओवादी केन्द्रको कार्यालयलाई बनाउने निर्णय गरेको छ । 

        सम्बन्धित समाचारहरु