असार २,२०८३ / ०४ : २७ अपरान्ह / 2026-06-16 04:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेविसंघको नेता बन्न ३२ वर्ष कटेपछि नपाइने प्रस्ताव

      - ७ वर्ष अगाडि
      असोज २१,२०७५

      काठमाण्डौ, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदको प्रस्ताव गरिएको छ ।

      पार्टी कार्यालय सानेपामा आईतबार बसेको बैठकमा नेविसंघ निर्देशक समितिका संयोजक समेत रहेका प्रकाशशरण महतले ३२ वर्षको उमेरहद कायम हुनेगरी प्रस्ताव गरेका हुन् । कांग्रेस बैठकले उक्त प्रस्ताव अनुमोदन गरेमा नेविसंघमा अब ३२ वर्षभन्दा मूनिका मात्रै सदस्य रहने व्यवस्था हुनेछ । यसअघि उमेरहदका बिषयमा विवाद भएपछि निर्देशक समितिले प्रस्ताव तयार पारेको थिएन । 

      काग्रेस प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा शान्ति सुरक्षा कायम गराउन सरकार असफल भएको भन्ने धारणा नेताहरुले राखेको जानकारी दिए । बैठकमा सरकारको कामकारवाही, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही गर्न नसक्नु, निजगढ विमानस्थललगायतका विषयमा छलफल भएको शर्माले बताए । 

      बैठकमा विधान संशोधनको विषयमा तयार पारेको प्रारम्भिक मस्यौदा र सातै प्रदेशबाट संकलन गरिएको सुझावबारे पनि छलफल भएको थियो ।

        सम्बन्धित समाचारहरु