असार २,२०८३ / ०९ : ४० अपरान्ह / 2026-06-16 09:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नेकपामा संकट

      ६ वर्ष अगाडि

      सत्तारुढ दल नेकपाभित्र नेताहरुविचको मनमुटाप र अन्तरसंघर्षले पार्टी अनिर्णयको बन्दी बन्दै गएको छ । पार्टीका शिर्ष नेतादेखि संसदमा सांसदहरुविच नै मत बांझिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली थप संकटमा परेका छन । 

      देशभरका जनप्रतिनिधिमूलक संस्थामा ४६ स्थान रिक्त हेर्नुहोस् कुन पद कति खाली ?

      ६ वर्ष अगाडि

      पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की निर्वाचन क्षेत्र नम्बर २ जनप्रतिधिविहीन बनेको हो । त्यस्तै प्रदेशसभातर्फ भक्तपुरका हरिशरण लामिछानेको मृत्युपछि भक्तपुर १ (क) पनि खाली छ ।

      बाबुराम र गगनको जुहारी

      ६ वर्ष अगाडि

      समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेसप्रति गरेको टिप्पणीको जवाफ दिँदै कांग्रेस नेता गगन थापाले भट्टराईलाई भोट दिएर जिताएको कांग्रेसले क्षमापुजा गर्ने बताएका थिए ।

      प्रतिनिधि सभा बैठक आजपनि बस्दै, यस्ता छन् आजका मुख्य एजेण्डा

      ६ वर्ष अगाडि

      प्रतिनिधि सभा बैठक आजपनि बस्दै छ । संसद्मा विनियोजन विधेयकमाथि सांसद्हरूले उठाएका प्रश्नहरूको आज मन्त्रीहरूले जबाफ दिने भएका छन् । 

      सर्वशक्तिमान दुई तिहाई सरकारको पछिल्ला कदममा विवादै विवाद यस्तो छ कारण

      ६ वर्ष अगाडि

      प्रधानमन्त्रीको एउटा चाहना विकासको हुनसक्छ भन्ने अनुमान त गर्न सकिन्छ । तर सरकारको पछिल्ला केही विवादित कदमका कारण भने सरकारको गतिविधी शँकास्पद देखिएको बिपक्षी दलको टिप्पणी छ ।

      देउवाको आक्रोश प्रधानमन्त्री ओलीले जबर्जस्ती हेपे

      ६ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्न खोजेको आरोप लगाउनुभयो ।

      बहुमतलाई केपी सरकारले बाँदरको हातमा नरिवल बनाए: राप्रपा अध्यक्ष कमल थापा

      ६ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबाट बारम्बार धोका खाएको भन्दै अब भने आफुहरु सच्चिएर अगाडी बढ्ने बताउनु भएको छ । 

      काँग्रेसद्वारा १८३ जना कारवाहीमा , को–को परे ? (नामावली सहित्)

      ६ वर्ष अगाडि

      नेपाली काङ्ग्रेसले २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्न विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको छ । 

      प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

      ६ वर्ष अगाडि

      सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान गरिएको छ ।

      सांसदहरुले ११ अर्ब ८८ करोड खर्च गर्न पाउने

      ६ वर्ष अगाडि

      ११ अर्ब ८८ करोड ९० लाख रुपैयाँ प्रदेश सांसदहरुले खर्च गर्ने गरि बिनियोजन गरिएको छ । गत वर्ष सांसदलाई प्रदेश निर्वाचन अनुसार बजेट विनियोजन नगरेको गण्डकी प्रदेशले योपटक सांसदहरुलाई बजेट छुट्याएको छ ।

          • param d d