असार २,२०८३ / १० : ४८ अपरान्ह / 2026-06-16 10:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रतिनिधि सभा बैठक आजपनि बस्दै, यस्ता छन् आजका मुख्य एजेण्डा

      - ६ वर्ष अगाडि
      असार ९,२०७६

      काठमाडौं, प्रतिनिधि सभा बैठक आजपनि बस्दै छ । संसद्मा विनियोजन विधेयकमाथि सांसद्हरूले उठाएका प्रश्नहरूको आज मन्त्रीहरूले जबाफ दिने भएका छन् । 

      बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

      छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । बजेटमाथि सांसद्हरूले उठाएका प्रश्नहरूमाथि मन्त्रीहरूले कर्मकाण्डी जबाफ दिएको भन्दै हिजोको बैठकमा सांसद्हरूले आलोचना गरेका थिए ।

      सांसद् मीन विश्वकर्माले संसद्मा उठेका प्रश्नको जबाफलाई बजेटमा आएको भन्दा केही पनि फरक नगरी वनमन्त्रीले बताएकाले छलफलको अर्थ नभएको टिप्पणी गर्नुभयो । अर्थमन्त्री युवराज खतिवडाले बजेटमा दुईधारे नीति लिएको र यो सही भएको बताए ।

      काँग्रेस सांसद् गगन थापाले पुस्तक आयातमा १० प्रतिशत भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजिएको टिप्पणी गरे । प्रतिनिधिसभाको शून्य समयमा उहाँले किताबलाई महङ्गो बनाउँदै यसमा नियन्त्रण गर्नुले प्रकारान्तरमा ज्ञानमा नियन्त्रण हुन्छ भने । आर्थिक वर्ष ०७६ र ७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा १० प्रतिशत भन्सार लगाइएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d