असार २,२०८३ / १० : ४८ अपरान्ह / 2026-06-16 10:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपामा संकट

      - ६ वर्ष अगाडि
      असार १३,२०७६

      सत्तारुढ दल नेकपाभित्र नेताहरुविचको मनमुटाप र अन्तरसंघर्षले पार्टी अनिर्णयको बन्दी बन्दै गएको छ । पार्टीका शिर्ष नेतादेखि संसदमा सांसदहरुविच नै मत बांझिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली थप संकटमा परेका छन । पार्टी एकीकरणको बांकी काम,पार्टीको राजनितिक प्रतिवेदन लगायतका विषय के हुने भन्ने बारे थप अन्यौल बढेको छ । 

      पार्टीका शीर्ष नेताहरुविच पार्टीको राजनितिक प्रतिवेदनकाबारे नै तिव्र मत बांझिएपछि नेकपाभित्रको विवाद थप सतहमा आएको हो । जसले गर्दा पार्टीको सवै कामकारवाहीमा समेत प्रभावित बनेको छ । सरकार र पार्टीको कामकारवाहीमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्नो स्वीच्छाचारी निर्णय गरेको भन्दै पार्टीका नेताहरु तथा सांसदहरुले संसदमा समेत आलोचना गरेका छन । 

      अर्को तर्फ ३ –३ महिनामा बस्नुपर्ने स्थायी समिती बैठक ७ महिना वित्न लाग्दा समेत बस्न सकेको छैन । अर्कोतर्फ पार्टी एकताको काम पनि अधुरै छ । ४४१ केन्द्रिय सदस्यहरुको समेत कार्यविभाजन,पोलिटव्युरो गठन,विभिन्न विभागहरुको नेतृत्व चयन लगायतका काम अलमलमै छ । पार्टी एकीकरण भएको ११ महिना वित्दा समेत केन्द्रिय समिती बैठक एकपटक पनि बस्न सकेको छैन । 

      अहिलेसम्म उही सचिवालय बैठक र दुइ नेताविच मात्र बैठक बस्ने गरेको छ । नेकपाभित्र पछिल्लो समय नेताहरुविच पकेटमारहरु संग जति पनि राजनितिक इमान्दारिता नभएका कारण यस्तो अवस्था आएको बताउछन । 

      पछिल्लो समय सरकारले ल्याएका विभिन्न विषयका विधेयकहरु क्रमश एकपछि अर्कौ गर्दै  आलोचीत र विवादी बन्दै गएपछि संसदमा समेत नेकपाका सांसदहरु दुइधुब्रमा देखिएका छन । 

      सांसदहरुले  प्रश्नउत्तर गर्न खोजेपनि जवाफको लागि प्रधानमन्त्री ओली उपथिस्त समेत हुन छोडेका छन । जसले ओली अहिले पार्टिभित्रै संकटमा परेको भन्ने विश्लेषण हुन थालेको छ । नेकपाकै नेताहरुले पार्टी र सरकारविरुद्ध विदेशी शत्तिहरुको चलखेल बढेको कुरा आइरदां अध्यक्ष ओलीकै कारण विदेशी शत्तिहरुले पनि खेल्ने मौका पाएको र पछि पार्टी फुटसम्मको स्थिती आउन सक्ने विश्लेषक कोइरालाको भनाई छ । 

      पछिल्लो पटक सरकार तथा पार्टीको निर्णयमा समेत कोही संग छलफल नगरेको भन्दै मन्त्रीहरु समेत अध्यक्ष ओली संग रुष्ट छन । 

      सवैतिरबाट अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर आफ्नै नेता र सांसदहरुबाटै आलोचना हुन थालेपछि केही दिन यता प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओली बालुवाटारमै आफ्ना निकट नेताहरुसंगको परामर्शमा जुटेका छन । ग

      त मंसिरमा बसेको स्थायी कमिटि  बैठक बसे यता स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । उक्त स्थायी समिति बैठकमा प्रस्तुत भएको पार्टीको राजनितिक प्रतिवेदन अहिले सम्म प्रकाशित हुन सकेको छैन । 

      अहिले राजनितिक प्रतिवेदनमा पार्टीको सिदान्त जबज जनताको बहुदलीय जनबाद की २१ औं शताब्दीको जनताको जनवाद भन्ने विवाद छ । उक्त प्रतिवेदनमा अध्यक्ष ओलीले तत्कालिन नेकपाको सिदान्त जबज नै पार्टीको सिदान्त हुने पक्षमा अडिक रहेपछि दुइअध्यक्षविच अहिले तिव्र विवाद चुलिदै गएको छ । २०७५ जेठ ३ गते निर्वाचन आयोगमा समेत बुझाइ सकेको उक्त राजनितिक प्रतिवेदनमा पार्टीको वैचारिक कार्यदिशा जनताको जनवाद हुने मात्रै लेखिएको छ । 

      तर्सथ ओलीले तत्कालिन एमाले अबलम्बन गर्दै आएकोे जवज लाई राख्नुपर्ने र तत्कालिन माओवादीको योगदानलाई समेत समावेश गर्न नचाहेको भन्दै माओवादी पक्ष रुष्ट छन । जसले अहिलेसम्म पार्टीको वैचारिक कार्यदिशा के हो भन्ने बारे प्रष्ट नहुंदा आमकार्यकर्ता तथा नेताहरुमा समेत अन्यौल छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d