असार २,२०८३ / १० : ४७ अपरान्ह / 2026-06-16 10:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सांसदहरुले ११ अर्ब ८८ करोड खर्च गर्न पाउने

      - ६ वर्ष अगाडि
      असार २,२०७६

      केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदका तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् ।

      सबै प्रदेशहरुले बिनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदहरुको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका छन् ।

      ११ अर्ब ८८ करोड ९० लाख रुपैयाँ प्रदेश सांसदहरुले खर्च गर्ने गरि बिनियोजन गरिएको छ । गत वर्ष सांसदलाई प्रदेश निर्वाचन अनुसार बजेट विनियोजन नगरेको गण्डकी प्रदेशले योपटक सांसदहरुलाई बजेट छुट्याएको छ ।

      पूर्वाधार विकासलाई लागि उसले ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमका आधारमा एक सांसदलाई एक करोड २० लाख रुपैयाँ पर्न जान्छ । यस्तै एक नम्बर प्रदेशले प्रतिनिर्वाचन क्षेत्र २ करोड ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको छ ।

      प्रदेश २ र ३ तथा सुदूरपश्चिम प्रदेशले प्रतिसांसद ३ करोड रुपैयाँका दरले बजेट बिनियोजन गरेको छ । ५ नम्बर प्रदेशले प्रदेशसभाका सदस्याहरुको सिफारिसमा १० लाखका दरले ६ वटा योजनामा खर्च गर्नेगरि बजेट बिनियोजन गरेको छ ।

      कान्तिपुर दैनिकबाट 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d