काठमाडौ, झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । आफ्नो नेतृत्वमा शक्तिशाली सरकार बनेसँगै ओलीले प्रधानमन्त्री कार्यालयलाई अधिकार सम्पन्न बनाउन थालेका थिए । तर सरकारले लिएका विभिन्न निर्णय विवादास्पद हुदै जाँदा सरकारले काम गर्न नसकेको विश्लेषण छ ।
ओली प्रधानमन्त्री बन्नासाथ, ठूला आयोजना आफ्नो कार्यालय मातहत ल्याउने निर्णय गरे । त्यतिले नपुगेर राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, महान्यायाधिवक्ताको कार्यालयजस्ता ४८ विभाग आफ्नो कार्यालय मातहत ल्याएर तिनको प्रभावकारिता बढाउन चाहेको जस्तो देखिन्छ । तर प्रधानमन्त्री ओली आफु शक्तिशाली बन्ने प्रयास जसरी गरिरहेका देखिन्छन् ।
प्रधानमन्त्रीको एउटा चाहना विकासको हुनसक्छ भन्ने अनुमान त गर्न सकिन्छ । तर सरकारको पछिल्ला केही विवादित कदमका कारण भने सरकारको गतिविधी शँकास्पद देखिएको बिपक्षी दलको टिप्पणी छ । पछिल्लो समय सरकारको कामकारबाहीबारे विपक्षी कांग्रेसले चौतर्फी विरोध गर्दै आएको छ ।
उसो त नेपाली कांग्रेस आफैमा आन्तरिक कलहमा गुज्रिएको अबस्थामा बलियो दुई तिहाईको सरकारसँग कसरी टक्कर लिन सक्छ भन्ने पनि प्रश्न छ । दुईतिहाईको बलियो सरकारविरुद्ध बुदाँगत रुपमा कमजोर मानिएको कांग्रेस अब भने आक्रमक रुपमा अघि बढ्ने सो पार्टीका नेता प्रकाश शरण महतको दावी छ ।
सरकारको कामबारे आक्रोश र असन्तुष्टि व्यक्त गर्दै नेता महतले सरकारको गलत कामकारवाहिलाई सडक र सदन दुवै बाट विरोध गर्ने बताउनुभयो । उहाँले सरकार जर्वजस्ती अधिनायक तर्फ लम्किएको पनि बताउनुभयो ।
पछिल्लो समय गुठी विद्येयक, मिडिया काउन्सिन विद्येयक मात्र हैन सरकारले ल्याएको चिकित्सा शिक्षा विद्येयक लगायत थुप्रै विद्येयक विवादीत छन् । तर पनि सरकारले अझै–धेरै विद्येयक ल्याउने तयारीमा रहेका छन् । सरकारले ल्याएको विद्येयकको विरुद्धमा प्रतिपक्षी दल कांग्रेसले विरोध जनाउदै आएको छ ।








