असार २,२०८३ / ११ : ०७ अपरान्ह / 2026-06-16 11:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बाबुराम र गगनको जुहारी

      - ६ वर्ष अगाडि
      असार १०,२०७६

      काठमाडौं , नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई राप्रपाले मार्गदर्शक सिद्धान्तका रुपमा अघि सारेपछि त्यस विषयमा राजनीतिक वृत्तमा बहस अहिले चलिरहेको छ । समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेसप्रति गरेको टिप्पणीको जवाफ दिँदै कांग्रेस नेता गगन थापाले भट्टराईलाई भोट दिएर जिताएको कांग्रेसले क्षमापुजा गर्ने बताएका थिए ।

      उनले निर्वाचन सकिएको डेढवर्ष नपुग्दै भट्टराईले कांग्रेसको चर्को आलोचना गर्न थालेको भन्दै गोरखा पुगेर यस्तो प्रतिक्रिया दिएका थिए ।

      त्यसलगत्तै भट्टराईले सामाजिक सञ्जालमा जवाफ दिँदै भनेका थिए– “बीपीलाई अब राप्रपाले अपहरण गरेछ ! बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो ! बीपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापुजा पछि गरौला ! हामी साथ दिन तयार छौं !”

      उक्त भनाइलाई जवाफ दिँदै कांग्रेस नेता थापाले ट्विटमार्फत नै भनेका छन्–“विपीलाई अब राप्रपाले अपहरण गरेछ ! पहिले अपहरित विपीको रक्षा गर” डाक्टर साब चिन्ता नगर्नुस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईँको ‘जनसरकार’को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज राप्रपाले अपहरण गर्न सक्दैन ।”

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d