असार २,२०८३ / ११ : ०७ अपरान्ह / 2026-06-16 11:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बहुमतलाई केपी सरकारले बाँदरको हातमा नरिवल बनाए: राप्रपा अध्यक्ष कमल थापा

      - ६ वर्ष अगाडि
      असार ४,२०७६

      काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबाट बारम्बार धोका खाएको भन्दै अब भने आफुहरु सच्चिएर अगाडी बढ्ने बताउनु भएको छ । 

      बुधबार राप्रपा संयुक्तका २ दर्जन नेता कार्यकर्तालाइ राप्रपामा प्रवेश गराउदै अध्यक्ष थापाले  देशलाई आमूल परिवर्तन गराउन र नयाँ नेपाल बनाउने सरकारको अभियानलाई जनताले अस्वीकार गरेको दावी गर्नुभयो । अध्यक्ष थापाले देशको भलो हुन्छ भने राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना  गर्नुपर्नेमा जोड दिनभयो । उहाँले जनताले दिएको बहुमतलाई केपी ओली सरकारले बाँदरको हातमा नरिवल बनाएको आरोप पनि लगाउनुभयो ।

       उहाँले राज्य सत्ता र श्रोतमा कब्जा गरेर शासन गर्ने सर्वसत्तावादी सोचबाट सरकार अघि बढेको जिकिर गर्दै प्रमुख प्रतिपक्ष कांग्रेस पनि दिशाहिन बनेको टिप्पणी गर्नुभयो । अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्टको विकल्प कोही बन्न सक्छ भने त्यो राप्रपा मात्रै भएको जिकिरसमेत गर्नुभयो । त्यसैगरी उहाँले राप्रपा संयुक्तलाई कुनै आग्रह पूर्वाग्रह नराखी एकता महाधिवेशनको म्याण्डेटलाई आधार मानेर एकत प्रक्रियामा आउन आग्रह पनि गर्नुभयो । 

      गुठी विधेयक फिर्ता लिने निर्णय सकारात्मक भएपनि प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार रहेको तर्क गर्नुभयो । उहाँले देशमा अस्थिरता र अराजकता कायम होस् भन्ने आफुहरुको चाहना नभएकाले दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई आग्रह समेत गर्नुभयो । 

      /pagegallery/201906199.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d