समाचार
बजेटको कारण बजारमा महङ्गी बढ्यो भन्दै कालो वजारी गर्ने व्यापारीलाई कडा कारवाही हुन्छ:गृहमन्त्री
गृहमन्त्रि रामवहादुर थापाले वजेट भाषण पछि बजारमा दैनिक उपभोग्य समानको मुल्य बढ्यो भन्दै कालोबजारी गर्ने व्यापारीहरुलाई समेत कडा कारवाही हुने बताएका छन् ।
बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, १४ जना घाइते
पाल्पाको तानसेनबाट रामपुर तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना, १८ यात्रु घाइते
गएराति चितवनको रत्ननगरमा यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।
एकथरी बुझेर बुझ पचाउने, अर्को बुझ्दै नबुझ्ने : तामाङ
काठमाण्डौ । आर्थिक वर्ष २०७५–७६ को बजेटको विरोध भइरहँदा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बचाउ गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले बजेटको मर्म नबुझ्नेहरुले मात्रै विरोध गरेको आरोप लगाए ।
चट्याङ लागेर तीन जनाको मृत्यु,दुई घाईते
उदयपुरको सुनकोसी गाउँपालिकाको वडा नं २ मा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
बजेटले प्रदेश नम्बर दुईको कुनै पनि समस्या समाधान गरेन : सोनल
जेठ १८, काठमाण्डौ । प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट प्रदेश नम्बर दुईका जनतालाई कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री सोनलले बजेटले प्रदेश नम्बर दुईको कुनै पनि समस्या समाधान नगरेको आरोप लगाए ।
ससंदमा रुने महत भन्छन्,'हामीले जाँड खाँदा अर्थमन्त्रीलाई किन आपत्ति'
सासंद गजेन्द्रबहादुर महत त ससंदमा रुन नै बाध्य भए । सांसद महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रोएका हुन् ।
समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको महतले आरोप लगाएका थिए ।
महानगरका मेयर शाक्यविरुद्ध हरिप्रभा र विवेकशील साझा
काठमाण्डौ । चुनावअघि जनतालाई ठूला ठूला सपना बाँडेका काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य चुनाव जितेपछि असफल जस्तै छन् ।
शाक्यकै मतदाता पनि महानगरको कुनै पनि कामबाट सन्तुष्ट हुन सकेका छैनन् ।
मालपोतका कर्मचारी २५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ
जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
यस्तो छ बजेटको तथ्याङ्क र कार्यक्रम
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५–७६ का लागि बजेट सार्वजनिक गरेका छन् ।
मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।








