वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      बजेटले प्रदेश नम्बर दुईको कुनै पनि समस्या समाधान गरेन : सोनल

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      जेठ १८, काठमाण्डौ । प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट प्रदेश नम्बर दुईका जनतालाई कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री सोनलले बजेटले प्रदेश नम्बर दुईको कुनै पनि समस्या समाधान नगरेको आरोप लगाए ।

      प्रदेश सरकारलाई पर्याप्त बजेट नदिएको अरोप लगाउँदै सोनलले जनताका समस्यालाई बजेटले छुन नसकेको बताए । संघीयताको मर्मविपरितको बजेटले देश विकास नहुने सोनलको ठोकुवा छ ।

      “गरिबीको रेखामुनी रहेका जनतालाई छुनेखालको बजेट छैन । प्रादेशिक कार्यालय स्थापनाका लागि बजेटले अर्थहिन छ । किसानहरुको लागि कुनै पनि आकर्षक योजना छैन । प्रदेश सरकारलाई १५ प्रतिशत बजेट दिने भनिए पनि १० प्रतिशत मात्रै दिइएको छ ।” सोनलले भने ।

      बजेटको कुनै अर्थ पनि नभएको र कार्यान्वयन पनि हुन नसक्ने सोनलको दाबी छ । तराई मधेश क्षेत्रमा बाढीको सम्भावना भएको तर बाढी नियन्त्रणका लागि बजेटमा रकम र योजना समावेश नगरिएको भन्दै सोनलले आपत्ति प्रकट गरे ।

      जनतामाझ कहिल्यै नगएका अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले देशको उन्नति नहुने उनको जिकिर छ । 

        सम्बन्धित समाचारहरु