वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      एकथरी बुझेर बुझ पचाउने, अर्को बुझ्दै नबुझ्ने : तामाङ

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाण्डौ । आर्थिक वर्ष २०७५–७६ को बजेटको विरोध भइरहँदा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बचाउ गरेका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले बजेटको मर्म नबुझ्नेहरुले मात्रै विरोध गरेको आरोप लगाए ।

      “समाजमा दुईथरी मान्छे छन् । एकथरी बुझेर बुझ पचाउने, अर्को बुझ्दै नबुझ्ने । जान्नेहरु बुझेर बुझ पचाउँछन् । नजान्नेहरु बुझ्दैनन् ।” तामाङले भने ।

      संघीयताअनुसार प्रदेश र स्थानीय तहलाई बजेट दिइएको दाबी गर्दै मन्त्री तामाङले बजेटको डेलिभरी स्थानीय तहले नै गर्ने जानकारी दिए ।

      “बजेट र राजश्व कम हुन सक्छ । तर उहाँहरुले चाहेको जस्तो बजेट भएन भन्दैमा संघीयताविरोधी भन्न मिल्दैन ।” तामाङले भने ।

      बजेटबारे सिङ्गो राष्ट्रलाई सोच्नुपर्नेमा स्वार्थकेन्द्रित भएर सोचिएको उनको आरोप छ । 

        सम्बन्धित समाचारहरु