काठमाडौं, गएराति चितवनको रत्ननगरमा यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।
रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प नजिकै काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा भउको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १८ यात्रुको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटना राति करीब १ बजेको समयमा भएको थियो ।
यसअघि जेठ ११ गते पनि काठमाडौँबाट राजबिराज जाँदै गरेको ना५ख ४४०१ नम्बरको बस सोही स्थानमा दुर्घटना भएको थियो ।








