वैशाख १९,२०८३ / १२ : १५ पूर्वान्ह / 2026-05-02 12:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      ओली प्रधानमन्त्री भएपछि चौँथो पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो

      ७ वर्ष अगाडि

      काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३–३ रुपैयाँ वृद्धि गरेकोे हो ।

      अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

      विदेशबाट रक्सी ल्याउन प्रतिबन्ध

      ७ वर्ष अगाडि

      काठमाण्डौ । सरकारले विदेशबाट फर्किनेहरुले भन्सार शुल्क नतिरी रक्सी ल्याउन नपाउने नियम लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको हो ।

      यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।

      खनाल ले आफ्नो वरियाता फर्काउन पार्टीभित्र संघर्ष गर्ने

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू अन्यायमा परेको गुनासो गरेका छन् ।

      चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवाषिर्की कार्यक्रममा सहभागी भएर शनिबार फर्किएका खनालले न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने बताए ।

      जाली फटाहालाई झुक्याएर ठ्याम्मै एकता गर्यौँ : दाहाल

      ७ वर्ष अगाडि

      पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जाली फटाहालाई झुक्याएर पार्टी एकता गरिएको बताएका छन् ।

      देशभित्रका जाली फटाहा र विदेशी प्रतिक्रियावादीलाई झुक्याएर पार्टी एकता गरिएको उनको दाबी थियो । 

      उपचारपछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता, पुनः साहित्यमा सक्रिय हुने

      ७ वर्ष अगाडि

      काठमाण्डौ राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचार पछि स्वदेश फर्किका छन् ।

      केही दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि राष्ट्रकवि घिमिरेलाई भारतको मेदान्त अस्पताल लगिएको थियो । आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि घिमिरेलाई मेदान्त अस्पताल लगिएको थियो ।

      सरकारले न्यायपालीकालाई अधिनमा राख्न खोज्यो : सिंह

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले न्यायपालीकालाई अधिनमा राख्न खोजेको आरोप लगाएका छन् । 

      नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई  सम्बोधन गर्दै नेता सिंहले सर्वोच्चका प्रधानन्यायाधिसलाई राजिनामा गर्न दवाव दिईएको दाबी गरे । प्रधानमन्त्री केपी ओलीले सम्पुर्ण शक्ति आफू मातहत केन्द्रित गर्दै अधिनायकवादतर्फ उन्मुख हुन खोजेको सिंहको आरोप छ । 

      ट्राफिक नियममा कडाई, सिटभन्दा बढि यात्रु राखे एक हजार जरिवाना

      ७ वर्ष अगाडि

      काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने भएको छ ।  महाशाखाले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिइँदै आएको जरिवाना १ हजार र्पुयाएको हो । सवारी चालकहरुले भने नयाँ नियमको विरोध गरेका छन् ।

      वैदेशीक रोजगारमा हुने ठगीप्रति सरकारको कडाईमा सर्वोच्च अदालत एकसाथ

      ७ वर्ष अगाडि

      सर्वोच्च अदालतले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारसँग अवैध रकम असुल गरेको अभियोगमा पक्राउ परेका हार्भेष्ट मुन ग्रुपका सञ्चालक रामप्रसाद श्रेष्ठलाई गरेको पक्राउलाई सही ठहर गरेका छन् ।

      “बोक्सी” भन्दै युवतीलाई यातना दिने भोलेबाबालाई १ लाख जरीवाना सहित ५ वर्ष जेल सजाय

      ७ वर्ष अगाडि

      “बोक्सी”भन्दै युवतीलाई यातना दिने कैलालीको घोडाघोडी नगरपालिका–५ का रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ ।

      फोरमका दुई नेता वने मन्त्रि, सपथ ग्रहण अपराह्न ५ बजे

      ७ वर्ष अगाडि

      संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।

          • param d d