चैत ३०,२०८२ / ११ : २८ पूर्वान्ह / 2026-04-13 11:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      फर्निचर कारखानामा आगलागी

      ८ वर्ष अगाडि

      भक्तपुर, भक्तपुर नगरपालिका–९, कमलविनायक टुमुचोस्थित फर्निचर कारखानामा आज दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । स्थानीय जयराम भैनात्वको फर्निचर कारखानामा विद्युत चुवाहट भई आगलागी भएको सञ्चालकका भाई कृष्णराम भैनात्वले बताउनुभयो । 

      नेपाल नेदरल्याण्डसँग पराजित

      ८ वर्ष अगाडि

      काठमाडौं– जिम्बाव्बेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत ७ औं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ।

      नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य

      ८ वर्ष अगाडि

      काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको लागि भइरहेको खेलमा नेदरल्यान्डले नेपाललाई १९० रनको लक्ष्य दिएको छ।  नेदरल्यान्डले ९ विकेटको क्षतिमा १८९ रन बनाएको हो। नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेको थि

      दुर्घटनाग्रस्त जहाजभित्रै मृत्यु हुनेको संख्या ३१ पुग्यो अस्पतालमा ९ जनाको मृत्यु

      ८ वर्ष अगाडि

      काठमाडौं,युएस बंगलाको जहाज दुर्घटनामा परी ४० यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

      नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ।

      सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउपानले जानकारी दिए।

      विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री, छानविन गर्ने प्रतिवद्धता

      ८ वर्ष अगाडि

      काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्।  ‌‌ओली दिउँसो ४ बजे दुर्घटनास्थल पुगेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओली दुर्घटनामा घाइते भएकाको अवस्था बुझ्न उनीहरूको उपचार भइरहेका अस्पताल पनि जाने बताइएको छ। 

      प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड

      ८ वर्ष अगाडि

      प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी साँसदहरुले यस्तो जोड दिएका हुन । 

      यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मल्याङकन नगरीकनै हेटाँडलाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् । 

      व्यापारीको दबाबमा रोकियो बजार अनुगमन

      ८ वर्ष अगाडि

      काठमाडौं :उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन्।

      Kp Oli

      सोमबार मन्त्रिपरिषद् विस्तार, यी हुन् एमाले र माओवादीबाट मन्त्री बन्न लागेकाहरू

      ८ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले  सोमबार मन्त्रिमण्डल विस्तार  गर्ने भएका छन्। एमालेका  थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।

      त्यसका लागि आज दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याएका छन्। माओवादीका एक नेताका अनुसार  माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ। माओवादीका भागमा  गृह,  जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।

          • param d d