समाचार
सोमबार मन्त्रिपरिषद् विस्तार, यी हुन् एमाले र माओवादीबाट मन्त्री बन्न लागेकाहरू
८ वर्ष अगाडि
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
त्यसका लागि आज दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याएका छन्। माओवादीका एक नेताका अनुसार माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ। माओवादीका भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।








