समाचार
सहमतिबिना ससंद नियमावली अघि बढाए सदन रोक्ने कांग्रेसको चेतावनी
काठमाण्डौ । प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनीपछि आज प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रिया रोकिएको छ ।
नियामावलीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप सोमबार बसेको सर्वदलीय बैठकमा दलहरुले आ–आफ्नो अडान दोर्होयाएपछि सहमति जुट्न नसकेको हो ।
ठूला सवारी साधनलाई विपी राजमार्गमा सञ्चालन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
बनेपादेखि बर्दिबाससम्मको विपी राजमार्गमा ठूला सवारी साधनलाई सञ्चालन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेका छन् ।
अन्तराष्ट्रिय बजार अनुसार नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरीएको हो : मातृका यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अन्तराष्ट्रिय बजार अनुसार नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको दाबी गरेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा सहमति भइसकेको प्रचण्डको दाबी
काठमाण्डौ । पछिल्लो समय नेपालमा कम्युनिष्ट र कांग्रेसबीच शाषन प्रणालीका बारेमा मतभेद बढ्दै गएको छ । अहिलेको शाषन प्रणाली संविधानअनुसार नै छ । अर्थात कार्यकारी प्रधानमन्त्री, संवैधानि राष्ट्रपति ।
संविधान बनाउने बेलामा पनि नेपाली कांग्रेसले संसदीय व्यवस्थाभित्र रहेर कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने अडान लिएको थियो । संसदीय व्यवस्थाको विरोधी भनिने तत्कालिन माओवादीले पनि कांग्रेसकै अडानलाई मानेर संविधान जारी गर्न तयार भयो ।
मन्त्रीको ध्यान अनुगमनमा, कृषिमन्त्री खनाल पुगे कालिमाटी
काठमाण्डौ । सरकारका मन्त्रीहरुले स्थलत अनुगमनलाई प्राथमिकता दिन थालेका छन् । त्यसो त कामभन्दा बढि चर्चामा आउन चाहने मन्त्रीहरु स्थलगत अनुगमनमा जाने प्रचलन पुरानै हो ।
सोमबार विमहानै कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमनमा पुगेका थिए । कालिमाटी तरकारी बजार अव्यवस्थित रहेको गुनासो आइरहेका बेला मन्त्री खनालले अनुगमन गरेका हुन् ।
नेपाल–चीन रेलमार्गका लागि प्रधानमन्त्री ओलीको चीन भ्रमण
काठमाण्डौ । असार पाँच गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ चैत १४ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए । तर, सम्झौता कार्यान्वयन हुन सकेको छैन । अहिले पुनः चीन भ्रमणका क्रममा रेलमार्गलाई प्राथमिकतामा राखिएको हो ।
भारतमा उपचार गरेर फर्किएका राष्ट्रकवि घिमिरे फेरि आइसियुमा
हिजो भर्खर भारतमा उपचार गरेर फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।
सुनकाण्डका अभियुक्त छिरिङले गरे आत्मसमर्पण
काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका एक अभियुक्त छिरिङ वाङ्गेल गुरुङले आत्मसमर्पण गरेका छन् ।
दनादन घर बनिरहेका छन्, एक वर्षभित्र सबै बन्छन् : भुसाल
काठमाण्डौ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पीडितले धमाधम घर बनाइरहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले यसपटकको वर्षामा अधिकांश पीडित घरभित्र प्रवेश गरिसक्ने दाबी गरेका हुन् ।
पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन
काठमाण्डौ । तत्कालिन राजा ज्ञानेन्द्रको शाषनकालका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षीय शाहीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको हो ।








