वैशाख १९,२०८३ / ०१ : ३८ पूर्वान्ह / 2026-05-02 01:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      बजेटको कारण बजारमा महङ्गी बढ्यो भन्दै कालो वजारी गर्ने व्यापारीलाई कडा कारवाही हुन्छ:गृहमन्त्री

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाडौं, गृहमन्त्रि रामवहादुर थापाले वजेट भाषण पछि बजारमा दैनिक जीवनमा आवश्यक पर्ने उपभोग्य सामानको मुल्य बढ्यो भन्दै कालोबजारी गर्ने व्यापारीहरुलाई समेत कडा कारवाही हुने बताएका छन् । 

      र उनले बजेटको कारणले बजारमा महङिगी नबढेको बताएका हुन् । त्यसैगरी गृहमन्त्री थापा बादलले विभिन्न क्षेत्रमा मौलाएको सेण्डिकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने स्प्रष्ट पारेका छन् । 
      शुक्रबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा गहमन्त्री थापाले वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सेण्डिकेट विरुद्ध सरकारले आवाज उठाउने वताए । 

      मन्त्रि थापाले  तोकिएको  समयावधि भित्रमा काम नगर्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्ने दावी समेत गरे । सरकारको काम कानुन हातमा लिने नभई कार्यान्वयन गर्ने बताए । गृहमन्त्री थापाले ठेक्कापट्टाका विषयमा लापारवाही गर्ने निर्माण व्यवसायीहरुलाई भौतिक पूर्वाधार मन्त्रालयले छानबिन गरिरहेको बताए । 

      उनले लापारवाही निर्माण व्यावसायीहरुलाई कारबाही भने सडक विभागले गर्ने र त्यसका लागि गृह मन्त्रालयले भरपुर सहयोग गर्ने स्प्रष्ट पारे ।

        सम्बन्धित समाचारहरु