वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, १४ जना घाइते

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाडौं,पाल्पाको तानसेनबाट रामपुर तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा   १३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जसमा १२ जनाको सनाखत भएको छ । पाल्पाको सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।  

      यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको थियो । दुर्घटनामा  विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्ण्णबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्येका १० जनाको युनाईटेड मिसनमा अस्पतालमा उपचार भईरहेको छ भने बाँकी २ जनाको लुम्विनी मेडिकल कलेजमा उपचार भईरहेको छ । बसमा जम्मा २७ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

      यद्यपि बस दुर्घटना हुनुको मुख्य कारण भने खुल्न सकेको छैन । 

        सम्बन्धित समाचारहरु