वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      “बोक्सी” भन्दै युवतीलाई यातना दिने भोलेबाबालाई १ लाख जरीवाना सहित ५ वर्ष जेल सजाय

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाडौं, “बोक्सी”भन्दै युवतीहरुलाई यातना दिने कैलालीको घोडाघोडी नगरपालिका–५ का रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ । 

      कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शुक्रबार चौधरीलाई सो मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिन उनले स्थानीय गाउँका राधा चौधरीलाई बोक्सी भन्दै निर्घात् कुटपिट गरेर चरम यातना दिएका थिए । 

      सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने रामबहादुर उर्फ ‘भोलेबाबा’का सहयोगीहरुलाई पनि कैद सजायसहित जरिवानाको फैसाला गरेको कैलाली जिल्ला अदालतले जनाएको छ । अदालतकाअनुसार पार्वती भनिने किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ । किस्मतीले यातना दिनका लागि रामबहादुरलाई सघाउनुका साथै आफैंले पनि कुटपिट गरेकी थिइन् । 

      त्यसैगरी, रामबहादुरका अर्का सहयोगी स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । उनीहरुले हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।

        सम्बन्धित समाचारहरु