वैशाख १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-05-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारले न्यायपालीकालाई अधिनमा राख्न खोज्यो : सिंह

      - ७ वर्ष अगाडि
      जेष्ठ १९,२०७५

      काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले न्यायपालीकालाई अधिनमा राख्न खोजेको आरोप लगाएका छन् । 

      नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई  सम्बोधन गर्दै नेता सिंहले सर्वोच्चका प्रधानन्यायाधिसलाई राजिनामा गर्न दवाव दिईएको दाबी गरे । प्रधानमन्त्री केपी ओलीले सम्पुर्ण शक्ति आफू मातहत केन्द्रित गर्दै अधिनायकवादतर्फ उन्मुख हुन खोजेको सिंहको आरोप छ । 

      नेता सिंहले नेपाली काँँग्रेस विधीविधान अनुसार चल्न नसक्दा प्रतिपक्षको भूमिका पनि प्रभावकारी हुन नसकेको बताए । दुई कम्युनिष्ट पार्टीहरु एकीकरण भएर शक्तिशाली भएपछिको चुनौति समाना गर्न पार्टी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिए । केन्द्रदेखि वडा तहसम्म काँग्रेसको संगठन विधानसम्मत ढंगले चलेमा पार्टी सुदृढ हुने सिंहको दाबी थियो ।

        सम्बन्धित समाचारहरु