वैशाख १९,२०८३ / ०१ : ३८ पूर्वान्ह / 2026-05-02 01:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      खनाल ले आफ्नो वरियाता फर्काउन पार्टीभित्र संघर्ष गर्ने

      - ७ वर्ष अगाडि
      जेष्ठ १९,२०७५

      काठमाण्डौ,नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू अन्यायमा परेको गुनासो गरेका छन् ।

      चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवाषिर्की कार्यक्रममा सहभागी भएर शनिबार फर्किएका खनालले न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने बताए ।

      पार्टी बरियतामा अन्याय भएको भन्दै उनले पार्टी भित्र भिन्न मत राखिसकेको जानकारी दिए ।

      उनले भने, ‘म पाटी भित्र संघर्ष गर्छु । न्याय पाउनका लागि आफ्नो लडाईलाई जारी राख्छु ।’

      कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै कम्युनिष्ट पार्टीहरुको एकताका लागि आफूले संघर्ष गरेको इतिहासलाई कसैले तलमाथि पार्न नसक्ने उनले बताए ।

      कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वप्रधानमन्त्री खनाल चीन भ्रमणमा गएका थिए ।

        सम्बन्धित समाचारहरु