वैशाख १९,२०८३ / ०१ : ३८ पूर्वान्ह / 2026-05-02 01:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      विदेशबाट रक्सी ल्याउन प्रतिबन्ध

      - ७ वर्ष अगाडि
      जेष्ठ २०,२०७५

      काठमाण्डौ । सरकारले विदेशबाट फर्किनेहरुले भन्सार शुल्क नतिरी रक्सी ल्याउन नपाउने नियम लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको हो ।

      यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।

      सरकारले यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको भन्दै सरकारले यस्तो सुविधा हटाएको हो ।

      विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउनेरनपाउने भन्ने विषय तय भएको छैन ।

      सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ ।

      विदेशबाट भन्सार नतिरी रक्सी ल्याउन नपाउने कुरा स्पष्ट उल्लेख गरिए पनि यात्रुले रक्सी ल्याए जफत गर्ने कि भन्सार तिर्न दिने भन्ने विषय भने अस्पष्ट छ ।

        सम्बन्धित समाचारहरु