वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      उपचारपछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता, पुनः साहित्यमा सक्रिय हुने

      - ७ वर्ष अगाडि
      जेष्ठ १९,२०७५

      काठमाण्डौ राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचार पछि स्वदेश फर्किका छन् ।

      केही दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि राष्ट्रकवि घिमिरेलाई भारतको मेदान्त अस्पताल लगिएको थियो । आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि घिमिरेलाई मेदान्त अस्पताल लगिएको थियो ।

      उनानसय वर्षीय घिमिरेको स्वास्थ्यमा सुधार आएपछि आज स्वदेश ल्याईएको हो । घिमिरेले आफ्नो उपचारका लागि नेपाल सरकारले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।

      आफ्नो स्वास्थ्य सुधारका लागि पहल र प्रार्थना गरिदिने सबैलाई घिमिरेले धन्यवाद दिएका छन् । अझै पनि साहित्य र कलामा पुर्णरुपमा लाग्न सक्ने घिमिरेले बताएका छन् ।

        सम्बन्धित समाचारहरु