असार २,२०८३ / ०५ : ४६ अपरान्ह / 2026-06-16 05:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      देउवाको अडान : पार्टीलाई पहिलो नम्बर बनाएर मात्रै विश्राम लिन्छु

      - ७ वर्ष अगाडि
      कार्तिक १७,२०७५

        काठमाण्डौ । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले काग्रेसलाई पहिलो नंवरको पार्टी बनाएर मात्र बिश्राम लिने स्पष्ट पारेका छन् । 

      नेपाली काग्रेस काठमाडौ महानगर चार नंवर वडा कार्यसमितिले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले पहिलो पार्टी बनाउन आफु प्रतिवद्ध भएर लागेको जिकिर गरे । 

      उनले अहिले पार्टीभित्र शुद्धिकरणको आवश्यकता रहेको भन्दै पार्टीभित्र एक अर्कालाई हराउने रोगलाइ मुक्त नगरे आगामी दिनमा पनि पार्टी पछि पर्ने धारणा राखे । उनले पार्टी भित्र रहेका केहि व्यक्तिले लोकतान्त्रीक पद्धतीलाइ स्वीकार गर्न नसकेको आरोप लगाएका छन् । फरक प्रसंगमा सभापति देउवाले निर्मला पन्तको हत्यारालाई गृहमन्त्रीले संरक्षण गरेको आरोप लगाए । 

      देउवाले राष्ट्रवादको नारा लगाउने सरकार विदेशी मुलुकसंग घुडा टेकेको दावी गरे । 

      कार्यक्रममा काग्रेस महामन्त्री शंशाक कोईरालाले पार्टीलाई पहिलो पार्टी बनाउनका लागि एकतावद्ध भएर लाग्नुपर्ने जिकिर गरे । त्यस्तै काग्रेस नेता नरहरी आचार्यले अहिलेको अबस्थामा काग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

      त्यस्तै कार्यक्रममा सहभागी नेताहरुले अहिलेको अबस्थामा काग्रेस शसक्त ढंगले अघि बढ्दै जनतामा लोकप्रिय हुने कार्यक्रम अघि सार्नुपर्ने बताएका थिए ।

        सम्बन्धित समाचारहरु