काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रैसँग कामलाई अघि बढाएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले पाँच वर्ष भित्र सरकारले पार्टीको घोषणा पत्रमा उल्लेख गरिएको प्रतिवद्धता पूरा गर्ने विश्वास व्यक्त गरे । सोमबार विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उनले हिलोधुलोका कारण १ नम्बर गियरमा रहेको गतिलाई बदल्दै सरकार अघि बढ्ने बताएका हुन् ।
प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना नरहेको पनि स्पष्ट पारे । सरकारले आफ्नो काममा तीव्रता दिने र जनताको आकांक्षालाई पूरा गर्न ढिलाई नगर्ने उनको भनाई छ । पार्टी प्रदेश कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रचण्ड महासचिव विष्णु पौडेलसँगै विराटनगर पुगेका हुन् ।








