असार २,२०८३ / ०५ : ४३ अपरान्ह / 2026-06-16 05:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हरेक पार्टीमा नयाँ ओपन ब्रेनको आवश्यकता : चन्द्र भण्डारी

      - ७ वर्ष अगाडि
      कार्तिक ९,२०७५

      काठमाडौँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालका हरेक पार्टीमा नयाँ ओपन ब्रेनको आबश्यकता रहेको बताएका छन् । 

      रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले परिवार केन्द्रीत राजनीति आवश्यक नरहेको बताएका हुन । अवको नेतृत्व युवा पिडीलाई दिनुपर्ने भन्दै उनले समाजमा राजनीतिकरण बढेकोले नयाँ ओपेन ब्रेन ल्याउनुपर्नेमा जोड दिएका हुन् । 

      नेता भण्डारीले नेपाली कांग्रेसभित्र  गुट उपगुटको कारण समस्या आएको बताए । नेतृत्व तह नै गतिलो नभएकाले पार्टी कमजोर बनेको भण्डारीको आरोप छ । अहिलेका नेताहरुबाट आफू वाक्क भएको भन्दै भण्डारीले अर्को जुनीमा यस्ता नेतासँग भेट नहोस् भनेर दशैंमा सिमान्कृत बस्तीमा पुगेर प्राथना गर्दै टिका लगाएको बताए । 

      समाजलाइ जातिय आधरले होइन बर्गीय आधारले अघि बढाउन आबश्यक भण्डारीको भनाइ थियो । राष्ट्रपतिको टिका प्रकरणको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले राजाको संस्कार र असभ्य परिपाटी दोहोरिएकोमा दुख ब्यक्त गरे ।

        सम्बन्धित समाचारहरु