असार २,२०८३ / ०५ : ४५ अपरान्ह / 2026-06-16 05:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओली अस्पताल बसेर बालुवाटार फर्किएसँगैे काममा व्यस्त, पार्टीका सबै नेता नभेट्ने

      - ७ वर्ष अगाडि
      कार्तिक १८,२०७५

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् । सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।

      २०६२ र ०६३ सालमा तत्कालिन् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बालुवाटारबाटै सरकारका कामकारबाही सञ्चालन गरेझैं अब ओलीले पनि केही समय बालुवाटारमै बसेर सरकारका काम सञ्चालन गर्ने बुझिएको छ ।

      प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भएपनि केही समय भेटघाट तथा भीडभाडबाट टाढै बस्ने बुझिएको छ । उनले पार्टीको सचिवालयका सदस्यबाहेक केही समय अरुलाई नभेट्ने मनशाय बनाएका छन् । ओलीले कार्यतालिका बनाएर काम सुरु गरेका छन् ।

        सम्बन्धित समाचारहरु