असार २,२०८३ / ०५ : ४५ अपरान्ह / 2026-06-16 05:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेस महासमिति बैठकमा आवास सुविधा नदिए पनि लन्चको व्यवस्था हुने

      - ७ वर्ष अगाडि
      कार्तिक १२,२०७५

      काठमाडौं,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसीर ५ गतेदेखि काठमाडौंमा सुरू हुने महासमिति बैठकमा भाग लिन आउने सदस्यलाई आवासको सुविधा नदिने भएको छ।

      चिया, नास्ता र लन्चको व्यवस्था गरे पनि कांग्रेसले महासमिति सदस्यलाई आवासको सुविधा नदिने भएको हो। यसअघिका महासमिति बैठक र महाधिवेशनमा कांग्रेसले आफ्ना सदस्यहरूलाई आवासको सुविधा प्रदान गर्दै आएको थियो।

      कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आवासको सुविधा प्राप्त भए पनि अधिकांश सदस्यहरूले त्यसको प्रयोग नगर्ने भएकाले यसपाली हटाइएको बताए।

        सम्बन्धित समाचारहरु