असार २,२०८३ / ०५ : ४४ अपरान्ह / 2026-06-16 05:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      चित्रबहादुर केसीले गर्ने भए संविधान संशोधन प्रस्ताव

      - ७ वर्ष अगाडि
      कार्तिक १२,२०७५

      काठमाण्डौ, राष्ट्रिय जनमोर्चाले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । 

      राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दैे संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका हुन् । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले नेपालमा संघिय प्रणाली अत्यन्तै खर्चिलो हुने भन्दै  जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघियता लागु गरिएको दाबी गर्नुभयो ।  

      केसीले आफू संघियता विरोधी नभई नेपालमा संघिय प्रणालीको मात्रै विरोधी भएको स्पष्ट पारे । काँग्रेस एमालेले समेत संघियता नचाएको तर वाध्यतामा परेर संघियता स्विकारेको भन्दै केसीले  संघियता ठुला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको आरोप लगाए । 

      साथै उनले नेपालमा संघिय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावि गरेका छन् ।

        सम्बन्धित समाचारहरु