असार २,२०८३ / ०६ : ५० अपरान्ह / 2026-06-16 06:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेविसंघले महाधिवेशन मिति तोक्यो, होला त सम्भव ?

      - ७ वर्ष अगाडि
      मंसिर ११,२०७५

      काठमाण्डौ, नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुसको अन्तिम साता १२ औं केन्द्रीय महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको छ । 

      मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले पुषको २८ , २९ र ३० गते केन्द्रिय महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको हो । त्यस्तै नेविसंघले मंसिर २५ गते स्थानीय गाउ नगर अधिवेशन गर्ने, पुष ८ गतेभित्र क्याम्पस अधिवेशन गर्ने तथा पुष १४ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने मिति तय गरेको छ । त्यस्तै पुष २० गतेभित्र प्रदेशको अधिवेशन गरिसक्ने नेविसंघका अध्यक्ष महरले जानकारी दिए । नेविसंघको ११ औं महाधिवेशन गत भदौमै हुनुपर्ने थियो । 

      तर, आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण उक्त मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना र पछिल्लो पटक दुई महिना म्याद थप गरेको थियो । दुई महिने म्याद माघ २ गते सकिँदै छ । त्यस्तै अध्यक्ष महरले मुलुकमा हत्या हिंसा, कालाबजारी, भ्रष्टाचार व्याप्त हुदा पनि सरकार त्यसको रक्षक भएर उभिएको भन्दै यसका बिरुद्ध प्रतिवाद गर्ने बताए । 

      पत्रकार सम्मेलन मार्फत नेविसंघले आम नागरिकको लोकतान्त्रीक हक अधिकार कुण्ठित हुन नदिन अभियान चलाउने पनि जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d