काठमाडौ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् ।
वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष दाहालले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागि परेको बताएका हुन् । राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरु आउनु स्वभाविक भएको भन्दै उनले त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिँडेको दाबी गरे ।
अध्यक्ष दाहालले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाइनमा काम भईरहेको दाबी पनि गरे । राजसंस्था फर्काउन लागेकाहरुको दुस्साहस आफूहरुका लागि चुनौतिपुर्ण रहेको भन्दै उहाँले त्यस तर्फ पनि सजग हुनुपर्ने बताए ।








