वैशाख २२,२०८३ / ०४ : २२ अपरान्ह / 2026-05-05 04:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल–चीन रेलमार्गका लागि प्रधानमन्त्री ओलीको चीन भ्रमण

      - ७ वर्ष अगाडि
      जेष्ठ २१,२०७५

      काठमाण्डौ । असार पाँच गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीको तयारी अन्तिम चरणमा पुगेको छ । 

      यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ चैत १४ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए । तर, सम्झौता कार्यान्वयन हुन सकेको छैन । अहिले पुनः चीन भ्रमणका क्रममा रेलमार्गलाई प्राथमिकतामा राखिएको हो । 

      पहिलो पटक प्रधानमन्त्री भएदेखि नै नेपालमा रेलमार्ग बनाउने सपना देखाएका प्रधानमन्त्री ओलीले सबैजसो सार्वजनिक कार्यक्रममा रेलको गर्ने गरेका छन् ।

      प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच रसुवागढी–काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्ने समझदारी हुने सम्भावना देखिएको छ ।

      अहिले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलको पूर्व सम्भाव्यता अध्ययन भइरहेको छ । 

      गत कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वमा आएको २३ सदस्यीय टोलीले स्थलगत अध्ययन गरेर गएको थियो । यसपछि हालैमात्रै चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट आएको चिनियाँ प्राविधिकको टोलीले फिल्डमै पुगेर अध्ययन गरेर फर्किएको छ ।

      चिनियाँ पक्ष पनि काठमाडौंलाई रेलमार्गले जोड्ने नेपालको प्रस्तावमा निकै सकारात्मक देखिएको छ । 

      नेपालको नजिकै रहेको तिब्बतसम्म चीनले रेल ल्याइसकेको छ । हिमाली भागमा पनि रेल गुडाएको चीनसँग अनुभव छ । तर, यसरी दुईवटा प्लेटबीच हुँदै गुड्ने रेल बनाएको छैन ।

      जे होस्, ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d