काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अन्तराष्ट्रिय बजार अनुसार नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पछिल्लोपटक गरिएको मुल्यवृद्धिको विरोध गर्दै सांसदहरुले सरकारको धारणा माग गरे लगत्तै मन्त्री यादवले अन्तराष्ट्रिय बजारअनुसार नै मुल्यबृद्धिमा घटबढ हुने बताए । वर्तमान मूल्य प्रणालीअनुसार नेपालबाट भारतमा पेट्रोल तस्करी हुने गरेको भन्दै तस्करीलाई थप प्रोत्साहन गर्न नहुने यादवको भनाई रहेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका थिए ।








