वैशाख २२,२०८३ / ०४ : २१ अपरान्ह / 2026-05-05 04:21 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दनादन घर बनिरहेका छन्, एक वर्षभित्र सबै बन्छन् : भुसाल

      - ७ वर्ष अगाडि
      जेष्ठ २०,२०७५

      काठमाण्डौ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पीडितले धमाधम घर बनाइरहेको दाबी गरेका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले यसपटकको वर्षामा अधिकांश पीडित घरभित्र प्रवेश गरिसक्ने दाबी गरेका हुन् ।

      अहिलेसम्म १ लाख ६० हजार पीडितको घर पूर्ण रुपमा बनिसकेर घरमा सरिसकेको भुसालले जानकारी दिए । त्यसै गरी एक लाख ३२ हजार पीडितले तेस्रो किस्ताको रकमसमेत लगिसकेकाले उनीहरु पनि केही दिनमा नै घर निर्माण सम्पन्न गरेर नयाँ घरमा सर्ने भुसालले बताए ।

      दोस्रो किस्ता लानेको संख्या पनि तीन लाख ९२ हजार पुगिसकेको तथ्याङ्क भुसालले पेश गरेका छन् । “दनादन घर बनिरहेका छन् । अहिले बनेको घरको अवस्था हेर्दा आशाजनक छ । अहिले पनि ४ लाख ६९ हजार घर बनिरहेका छन् ।” भुसालले भने ।

      अबको एक वर्षभित्रमा सम्पूर्ण भूकम्प पीडितको घर बनिसक्ने दाबी भुसालले गरेका छन् ।

      चालु आर्थिक वर्षमा अझै ३० अर्ब चाहिने स्थिती भएको जानकारी दिदै भुसालले अहिले तत्काल १० अर्व माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरिएको बताए ।

      काभ्रे जिल्लाका करिब ८ हजार पीडितले दोस्रो किस्ता र ४ हजारले तेस्रो किस्ताको रकम पर्खिरहेको भुसालले बताए ।

      अन्य जिल्लाहरुमा पनि पीडितहरु पैसा पर्खेर बसेको उनले बताए । तिनीहरुका लागि आजै पैसा पठाउने दाबी भुसालले गरे ।

      बैँकहरुले पैसा होल्ड गरेर पीडितलाई नदिएको भन्ने गुनासो आएकाले त्यसका लागि छलफल गर्न लागिएको भुसालले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d