खेलकुद
पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छिमाया कोजुले जिते आठौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधी
पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छिमाया कोजुले आठौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधी जितेका छन् ।
चेन्नै दिल्लीसँग ३४ रनले पराजित,सन्दिपको उत्कृष्ट प्रदर्शन
काठमाडौं, इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सलाई ३४ रनले हराएको छ।
१६३ रनको लक्ष्य पछ्याएको महेन्द्र सिंह धोनीको टिम चेन्नई २० ओभरमा विकेट गुमाउँदै १२८ रनमा समेटिएपछि दिल्ली ३४ रनले विजयी भएको हो।चेन्नईलाई सस्तैमा रोक्न नेपाली बलर सन्दिप लामिछानेसहित अमित मिश्र, रिसब पटेल, ट्रेन्ट बोल्टले विकेट लिए।
विश्वकपको बलियो टोली मानीने फ्रान्सले सार्वजनिक गरे विश्व कपका लागि अन्तिम २३ सदस्यीय टोली,हेरौं को को परेत ?
विश्वकपको बलियो टोली मानीने फ्रान्सले गएरातीे आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषण गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही प्रशिद्ध खेलाडीहरुको नामलाई सार्वजनिक गरेका छैनन् ।
आईपीएलमा बैंग्लोरले हैदरावादलाई १४ रनले हरायो
काठमाडौं, इण्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। गत रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई बैङलोरले १४ रनले हराएको हो।
वर्षको उत्कृष्ट खेलाडी बने पारस खड्का, युवा उत्कृष्ट खेलाडीमा सन्दिप लामिछाने
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् ।
किङ्स ईलाभेन पञ्जाब मुम्बई इन्डियन्ससंग ३ रनले पराजीत
मुम्बई इन्डियन्सले बुधबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ईलाभेन पञ्जाबलाई ३ रनले हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको हो ।
एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि
एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो ।
आईपीएलमा दिल्लीलाई हैदरावादले ९ विकेटले हरायो
इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यस जितका साथ हैदरावादले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
आईपीएलमा कोलकातालाई १०२ रनले हराउँदै मुम्बई चौथो स्थानमा
इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो ।
एशियाली खेलकूदका लागि कुस्ती खेलाडी छनोट
सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् ।








