काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पारसले अवार्ड जितेका हुन् ।
यस्तै ब्याडमिन्टनकी शोभा गौचन महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी छन् । युवा खेलाडी सन्दिप लामिछाने उत्कृष्ट बन्दा क्रिकेटका जगत टमाटाले उत्कृष्ट प्रशिक्षक बने भने टेबलटेनिसका स्यान्टु श्रेष्ठले पिपुल च्वाइस अवार्ड जिते । करण केसीलाई स्पेशल अवार्ड र पूर्वफुटबलर अशोक केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।